धनगढी देखि बौनियाँ हुँदै मोहन्याल १ सम्मका लागि बस संचालनमा

कैलाली । कैलाली जिल्लाको दुर्गम पालिका मोहन्याल गाउँपालिकामा आज देखि रिभर साइड यातायात प्रा।ली।को बस सञ्चालनमा आएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका देखि बर्दगोरिया गाउँपालिका हुँदै मोहन्याल गाउँपालिका वडा नं १ तल्ला पानी जाने भएको हो ।

बिहीबार आज बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी ९लालदीप० ले उक्त रुटका लागि सञ्चालनमा आएको बस सेवाको बौनिया बजारमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष गिरिले विगत दिनमा पैदल यात्रा गर्नु पर्ने भए पनि पछिल्लो समयमा देशमा भइरहेको क्रमशः विकासका कारण आज त्यहाँका आम जनसमुदायलाई सहज रूपमा यात्रा गराउन निम्ति बस सञ्चालनमा आएको बताए । उक्त बस संचालका निम्ति आफ्नो अमूल्य योगदान दिएको भन्दै बौनिया बजार व्यवस्थापन समिति र रिभर साइड यातायात प्रा।ली।ले धनगढी धन्यवाद व्यक्त गरे ।

साथै सोही क्रममा उपाध्यक्ष गिरीले जसरी आज रिभर साइड यातायात प्रा।ली।ले त्यहाँका आम नागरिकहरूको समस्यालाई बुझेर उक्त बस सञ्चालनमा ल्याएको छ । त्यसरीनै आगामी दिनहरूमा निरन्तर रूपमा बस सञ्चालन गर्न प्रा।ली।लाई अनुरोध गरे । त्यसै गरी त्यहाँका आम नागरिकले पनि बस सञ्चालन कार्यमा कुनै बाधा अर्चन नगरी सहयोग गर्नु पर्ने बताए ।

रिभर साइड यातायात प्रा।ली।ले उक्त बस बौनिया बजार व्यवस्थापन समितिको विशेष पहलमा ल्याएको जनायो ।

बस धनगढी, बौनिया हुँदै सेती लोक मार्ग भएर खैरेनी, चायाँ भाबर, तल्ला पानी, बडीकाथाई हुँदै चौतारा सम्म सञ्चालन हुने बताइएको छ । बस हरेक दिन बौनिया चौराहा देखि साँझ ४ः३० बजे तल्लापानीका लागी छुट्ने र तल्ला पानी बाट बिहान ८ः३० बजे धनगढीको लागी छुट्ने रिभर साइड यातायात प्रा।ली।ले जनाएको छ ।

बौनिया चौराहा देखी तल्ला पानी तल्ला पानी सम्म १ सय र तल्ला पानी देखि अन्य गाउँहरू सम्म थप ३० रुपैयाँ गरी १ सय ३० रुपैयाँ भाडा दर कायम गरिएको प्रा।ली।ले जनाएको छ ।

यस्तै उद्घाटन कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वाँरको सभाध्यक्षमा भएको थियो । कार्यक्रममा प्रमुख पालिका उपाध्यक्ष गणेश राज गिरि ९लालदीप० रहेका थिए ।

यस्तै विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढा, बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गोविन्द बिक र वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए ।

यस्तै रिभर साइड यातायात प्रा।ली।का तर्फबाट उपाध्यक्ष जयरूप बुढा, यातायात प्रमुख चन्द्रप्रसाद आचार्य, यातायात लेखा संयोजक अमृत तिमल्सेना, सशस्त्र बेस क्याम्प झकडपुरका प्रमुख प्रेम सिंह विष्ट, इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख वीरबहादुर थापा र अस्थायी ट्राफिक कार्यालय बौनियाका प्रमुख आकाश रावल लगायत स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन बौनिया बजार व्यवस्थापन समितिका महासचिव राजेश गौतमले गरेको थिए ।

हाललाई उक्त सेती लोक मार्ग हुँदै मोहन्याल गाउँपालिका वडा नं। १ का केही स्थान सम्म बस पुग्ने भए पनि सेती लोक मार्गको काम सम्पन्न भएपछि डोटी, अछाम जिल्ला हुँदै चीनको ताक्ला कोट सम्म संचलान हुने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार