माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

काठमाडौँ, । बाढी पहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

बैठकले मौसम पूर्वानुमान अनुसार बाढी पहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पङ्क्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ।

हेर्नुहोस प्रेस वक्तव्य

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार