कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा बैँयाबेहडी, धनगढी–९ त्रीवेणीघाट, गोदावरी नगरपालिका–१ अत्तरिया, भजनी नगरपालिका–३ ठेकीपुल र भजनी नगरपालिका –७ हिक्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्यको सामान बरामद गरिएको हो।
उक्त मूल्यको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सुट पिस, थान कपडा, साडी, कुर्ती, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
o:t} कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ भासी, भीमदत्त ४ बसपार्क, भीमदत्त १० गज्जर, भीमदत्त  ११ बिधुत कार्यालय नजिक, बेलौरी नगरपालिका– १० भुडा र बेलडाँडी गाउँपालिका–५ गड्डाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २९ लाख २१ हजार ५९० मूल्यको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको पाइन्ट, सर्ट, साडी, सुट पिस, थान कपडा, मोबाइल कभर, थेरापी मेशिन, प्लास्टिक डिब्बा, दाल, पाँपड, बिडी, सुर्ती, खाने तेल, चिनी, हार्डवेयर सामान, स्टेसनरत, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार