विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार शुक्र बारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्टर्लिङको मूल्यमा गिरावट आएको छ ।
आज अमेरिकी डलरको भाउ एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रवार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो ।
यस्तै, युरोपियन युरोको आजको मूल्य एकको खरिददर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कायम भएको छ भने शुक्रवार यसको एकको खरिददर १४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा निर्धारण भएको थियो ।
केन्द्रीय बैङ्ककानुसार शुक्रवार युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा कायम भएकामा आज एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा कायम भएको छ ।
यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा, लिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २१ र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ ।
राष्ट्र बैङ्ककानुसार साउदी अरेबिया रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा बैङ्कले जनाएको छ ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार