कैलालीः कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट लागू औषधसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन ।
पक्राउ परेका उनीहरूको साथबाट ० दशमलव ९५ ग्राम लागु औषध (खैरो हिरोइन) र पुरोक्सोइन स्यास लेखिएको ११ वटा क्याप्सुलसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।