मौसममा परिवर्तन:  बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै 

कैलाली । बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।  मौसममा आएको परिवर्तनसँगै  जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।
पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामीको चाप बढेका छ । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढीमा भाइरल ज्वरो देखिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढीमा भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेङ्गे, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका छन ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार