बर्दगोरिया । संविधान दिवसको पूर्वसन्धयामा कैलालीको बर्दगोरिया गाउँपालिकाको मूख्य बजार सडकपुर बौनिया बजार सरसफाई गरिएको छ । बर्दगोरिया गाउँपालिका कैलालीको आयोजनामा उक्त बजार सरसफाई कार्यक्रम गरिएको हो ।
बजार सरसफाई कार्यक्रममा बौनियाँ बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, शस्त्र वेश क्याम्प झगडपुर, अस्थायी ट्राफीक पोष्ट बौनीयाँ, स्थानीय व्यापारी र स्थानीय समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो ।
यस्तै भोली अर्थात असोज ३ गतेका दिन मनाइने संविधान दिवस बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि भव्य रुपमा मनाइने भएको छ ।