श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री महुन्याल माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो ।

विद्यालयको सामाजिक परिक्षण समिति संयोजक बिनोद कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौरा ले आफू निरन्तर यश विद्यालयको स्तर उन्नतिको लागि काम गर्दै आएको बताउदै आफ्नो बालबालिकाको भविष्य प्रति अभिभावक पनि चिन्तित हुन जरुरी रहेको बताए ।

अभिभावकहरु चिन्तित भएको खण्डमा बालबालिकाहरु विभिन्न कुलतमा फस्न बाट बच्नको साथै अपराधी क्रियाकलापमा समेत आवद्ध हुन बाट जोगिने भएकोले सबै अभिभावकले बिद्यालयमा आफ्ना बालबालिका हाजिर हुन्छन् हुँदैनन्, पठनपाठन कार्य कस्तो चलिरहेको छ । भन्ने कुराको अनिवार्य रुपमा जानकारी लिन समेत अनुरोध गरे ।

विद्यालयका सहायक प्र.अ धनराज जोशीको स्वागत मन्तव्य सङ्ग सुरु भएको कार्यक्रमको संचालन शिक्षक पुष्कर सुनारले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार