वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक,

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

हाल २० वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन । ति मध्ये १२ वटाले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन, भने ४ वटाले स्थिर राखेका छन् । बाँकी ४ वटाले भने ब्याज दर घटाएका हुन् ।

ब्याजदर बढाउनेमा सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक रहेका छन । यि बैंकहरुले साउनको तुलनामा ब्याजदर बढाएका छन् ।

नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ । कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन् । संस्थागत तर्फ यी बैंकहरुले अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।

यस्तै ब्याजदर स्थिर राख्नेमा नबिल बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंक रहेका छन । यि बैंकहरुले भदौमा पनि आफ्नो ब्याजदर स्थिर राख्ने भएका छन् ।

यस्तै ब्याजदर घटाउनेमा एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरु रहेका छन । यि बैंकहरुले साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन् ।

यस्तै, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत, नबिल बैंकको संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७।९९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४ प्रतिशत र प्रभु बैंक र एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेका छन् । एनएमबि बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७।९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । सो बैंकले व्यक्तिगततर्फ ८.९२ प्रतिशत र संस्थागततर्फ ६.९२ प्रतिशत ब्याजदर तोकेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार