
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ५ न वडा मा तीन महिने आधारभुत सिलाईकटाई तालिम आज सम्पन्न भएको छ ।
बर्दगोरिया गाउँपालिका ५न वडाको आयोजना बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लि को सहकार्यमा २०७९ चैत्र ५ देखि २५ गते सम्म पालिकाको वडा नम्बर ५ मा उक्त तीन माहिने आधारभुत सिलाइ कटाई तालिमको सुरुवात भएको थियोे ।
समापन कार्यक्रम आज बिहिवार ५ न वडाको भवनको सभाहलमा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका ब्यवस्थपक सागर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहेका थिए ।
बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि .का प्रबन्धक हरेन्द्र चौधरीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा उक्त कार्यक्रमको अथितिमा बर्दगोरिया गाउँकार्यपालिका सदस्य ५ न वडा सदस्य नैन बहादुर चौधरी ,कित्ठी बि क ,सोनिया देवी ड्गौरा रहेका थिए । उक्त तालिममा ६ वटै टोल बाट जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागि रहेको थियो । भने तालिमको प्रशिक्षण बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का हिरा देवि चौधरी र मलाती कुमारी कठरियाले गर्नु भएको थियो ।
समापन कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर ५ का अध्यक्ष चौधरीले यो ३ महिने सिलाइ कटाई तालिममा अनुशासित रूपमा सहभागी भइ सफलता पुर्वक तालीम हासिल गर्नु भएकोमा सहभागीहरुलाई धेरै धेरै बधाइ सहित धन्यवाद दिए । तीन महिनामा आफुले सिकेको सिप व्यवहारीक जिवनमा लागु गरी आफ्नो आर्थिक स्तर उन्नति गर्न समेत सहभागी हरुमा अनुरोध गरे । यस्तै आ व ०८०/८१ मा थप बजेत थपेर मेसिन सहित को तालिमको लागि पहल गर्ने पनि बताउनु भयो । कार्यक्रमलाई नौलो प्रेसका सम्पादक भिम बिसिले सन्चालन गर्नु भएकोे थियो ।