आजराति ‘स्थिर समय’ अवधि शुरु,

काठमाडौं । आज राति देखि लागु हुने गरि निर्वाचन आयोगले संघीय चुनावको ‘स्थिर समय’ सुरु हुने बताएको छ ।

निर्वाचन आयोगका अनुसार मंसिर १ गते राति १२ बजेबाट लागुहुने गरि ‘स्थिर समय’ सुरु हुने भएको हो ।

आयोगका अनुसार यो समय समयमा चुनावी प्रचारप्रसार गर्न पाइदैन ।यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार