बर्दगोरिया गौशालालाई सुदुरपश्चिमकै नमूना गौशाला बनाउने: पालिका अध्यक्ष कुँवर

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया ४ मा संचालित गौशालालाई सुदुरपश्चिमकै नमूना बनाउने आफ्नो योजना रहेको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुवरले बताएका छ्न ।

शुक्रबार गौशाला कार्यालयको अनुगमन,निरीक्षण तथा व्यवस्थापनको बारेमा जानकारी लिदै अध्यक्ष कुवरले गौशालालाई प्रदेशकै नमूना बनाउने गरि काम थाल्न व्यवस्थापन पक्षलाई निर्देशन दिएका छ्न । सडक चौपायाको संरक्षण र सडक सुरक्षाका लागि गौशाला व्यवस्थापन अहिलेको मुख्य आवश्यकता भएको भन्दै यसको दिगो व्यवस्थापनका लागि आफुले कुनै पनि कदम पछी नचाल्ने उनले बताए ।    

गौसला व्यवस्थापन समिति अध्यक्ष श्याम कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले गौ माताको सुरक्षा र संरक्षणको लागि कुनैपनी कदम पछि नहट्ने बताए ।उनल्व सडकमा छाडा छोडेका गाईहरुलाई संरक्षण र सम्बर्द्धन गरी पालिकालाई सुव्यवस्थित गराउने ध्ययले आफू अगाडि बढेको उनको भनाई थियो ।

गौशालालाई बहुआयामिक बनाएर गरिबी न्यूनीकरण र पर्यटनसँग जोड्न सकिने उनल्व बताए। उनल्व छाडा चौपाया गौशालामा व्यवस्थित हुन थालेपछि सडकमा सवारी दुर्घटना, स्थानीयको बालिनानीको क्षेति लगायतका समस्या भने हटेर जाने विश्वास गरे । 

कार्यक्रममा गौशाला व्यवस्थापन समितिका सल्लाहकार शेर बहादुर कठरियाले गौसलामा अहिलेसम्म ३ सयबढी चौपाया रहेको भन्दै यसको व्यवस्थापनको लागि गम्भीर बन्न स्थानीय सरकारलाई आग्रह गरे । उनले गौशालामा घाँस तथा भुसा, घाँस काट्ने मेसिन, यसको घेरबार तथा संरक्षण,आवशको लागि कोठेघर ,यिनिहरुको उपचारको लागि खोरको व्यवस्थापनका बारेमा पालिकाले गम्भीर बन्नुपर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार