कैलालीको लम्कीचुहा नगरपालिका-३ मा जग्गाधनी पुर्जा वितरण, (फोटोफिचर)

७, भाद्र २०७९ लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा लालपुर्जा वितरण गर्न थालेका छ ।

जस अनुसार मंगलबार नगरपालिकाले वडा नम्बर ३ स्थित बादी समुदायका परिवारलाई लालपुर्जा वितरण कार्य शुभारम्भ गरेको हो ।

१५७ घर धुरी रहेको उक्त सामुदायमा पहिलो चरणमा १२४ घर धुरी लाई नगरपालिकाले लालपुर्जा दिएको हो ।

नगरपालिका वडा नम्बर  ३ बल्चौरमा बस्दै आएको १५ बर्ष पछी भुमिहिन बादी समुुदायका मंगलबार जग्गाधनी पुर्जा पाएका हुन । जग्गा धनी पुर्जा पाएपछी आफुहरुमा खुसिको सिमा नरहेको स्थानीय रमा बादीले बताउनु भयो । बर्षौ देखि हक, अधिकार, स्वधीनता र असतित्व सहितको भुमि प्रतिको हकको लागि लडाई लड्दै आएकोमा लामो समय पछि आज लडाईले सार्थकता पाएको उनले बताईन ।

आफ्नो हक र अधिकारको लागि २०६४ सालमा काठमाण्डौ सिहदरबार अगाडी नाङ्गै प्रर्दशनको नेतृत्व गरेकी बादी अगुुवा सुदुरपश्चिम प्रदेश सांसद उमा बादीले आज आफुहरुको आत्मसमानको जित भएको भन्दै खुसि ब्यक्त गरिन ।

जग्गा धनी पुर्जा दिदै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले आफुले नगर प्रमुखको सपथ लिएकोे ९३ दिन मै वडा नम्बर ३ को बल्चौरका भुमिहिन बादी समुदायलाई लालपुर्जा दिन पाउँदा निकैनै खुसी व्यक्त गरिन ।आफ्नो कार्यकालय भित्रै नगरलाई भुमिहिन, सुकुम्बासी र अब्यवस्थीत बसोबासि मुक्त पालिका बनाउने घोषणा समेत गरिन । उनले भनिन आफुले निर्वाचनका बेला जनता माँझ गरेका प्रतिबद्धता र पार्टिको घोषणा पत्र अनुसार नै नगरबासिको विकासका हक हितमा काम गर्ने बताईन ।

भूमि आयोगका कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले लम्किचुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको जनाएका छन्। उनले कैलालीका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भैरहेको र आयोगमा कैलालीका सवा लाख व्यक्तिका निवेदन परेको जानकारी दिए।       

यस्तै कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओबादी केन्द्र) का नेताहरुले उक्त कार्यको प्रसंशा गर्दै शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा लम्कीचुहा नगरपालिकाका उप प्रमुख जुना चौधरीले लम्कीचुहा नगरपालिकामा महादेब बजगाईको पालामा तिब्रगतिमा भुमि सम्बन्धी काम भएकाले अहिलेको नेतृत्वले समयमै लालपुर्जा बाड्न सकेको बताईन ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष लबबहादुर शाहले बल्चौरको बादी बस्तीलाई लालपुर्जा वितरण सकिए पछि गोरांगे, चिसापानी र ब्यवस्थीत नगरमा लालपुर्जा वितरण गर्ने कार्यतालिका रहेको बताए । लम्कीचुहा नगरपालिकामा नापनक्साको कार्य तिब्रगतिमा भई अब लालपुर्जा वितरण कार्य भईरहेको बताउदै भुमि आयोग लम्कीचुहाका संयोजक विरेन्द्र शाहीले बिस्तारै अन्य वडामा समेत लालपुर्जा वितरण गरीने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार