बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)

४, भाद्र २०७९ बर्दगोरिया कैलाली । बर्दगाेरिया गाउपालिकामा रहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न भएको छ ।

बाैनिया बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन गर्दै आइरहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ शनिबार सम्पन्न भएको हो ।

बिगत लामो समय देखि संचालन हुँदै आइरहेको उक्त घैटाफोड कार्यक्रम पछिल्लो दुई बर्ष भने काेरानाका कारण सञ्चालन हुने सकेको थिएन । तर याे यश बर्षबाट भने उक्त घैटाफोड कार्यक्रम पुन सञ्चालन सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बिसिले बताए  ।  

पहिला यश कार्यक्रमकाे आयाेजना र व्यवस्थापन बाैनिया बजार व्यवस्थापन समितिले गर्दै आइरहेता पनि विगत ६ बर्ष देखि भने सडकपुर बौनिया युवा क्लबले निरंतरता दिदै आएको छ ।

कार्यक्रमको बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवरले कार्यक्रमकाे उद्धघाटन गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेशराज गिरिले सडकपुर बाैनिया युवा क्लबले बिचमा दुई बर्ष काेराेना महामारिका कारण स्थगित भएको कार्यक्रम लाई यश बर्षबाट पुन सञ्चालन ल्याएको भन्दै आयाेजक सडकपुर बाैनिया युवा क्लबलाई धन्यवाद व्यत्त गर्नु भएको थियो ।

साेहि अवसरमा अगाडि बाेल्दै उपाध्यक्ष गिरिले क्लबले कम्तिमा पनि अब बाट हरेक महिना एक पटक रचनात्मक कार्यकाे थालनी गर्न क्लबलाई आग्रह समेत गर्नु भएको थियो ।

साथै उपाध्यक्ष गिरिले भने – यस्ता कार्यक्रम भनेको नेपाल र नेपालीको पहिचान सङ्ग जोडिएको हुँदा । आफ्नो कला सास्कृती जोगाउने र देश तथा समाजको हित हुने कार्यमा स्थानीय सरकारले सधै साथ र सहयोग हुने बताए ।

कार्यक्रममा बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मन ऋषि आचार्य , क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , क्लबका पुर्व अध्यक्ष देवराज स्वार, नेकपा ( माओबादि केन्द्र ) बर्दगाेरियाका बरिष्ट उपाध्यक्ष भेखुराम चाैधरि, राष्ट्रिय जनमाेर्चा नेपाल बर्दगाेरिया अध्यक्ष रुपा आलेमगर , नागरिक उन्मुक्ति पार्टी बर्दगाेरिया गाउपालिका अध्यक्ष जन्मदेव सञ्ज्याल , बाैनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम , बसन्त मुरारी नमुना माध्यमिक बिधालयका प्राचार्य भुमि प्रकास बम लगायतकाले शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियो ।

बृहत घैटाेफाेड कार्यक्रम अन्तरगत आकासे घैटाेफाेड तर्फ बिजेता बन्दै मुडा गाउको जगत कुवर नेतृत्वकाे समुहले नगद ४१ हजार पुरस्कार स्वरुप प्राप्त गर्न सफल भएको छ ।

यस्तै साेहि अवसरमा सञ्चालन भएको भुइ घैटाेफाेडमा बिजेता हुँदै आशिष चाैधरिले नगद पाँच हजार एक सय पुरस्कार पाउदा पाइप चडाइतर्फका विजेतालेे बिजेता हुदै रमेश चाैधरिले नगद पाँच हजार एक सय पुरस्कार स्वरुप प्राप्त गर्नु भएको थियो  ।

यस्तै महिला हरुका लागि मात्र सञ्चालन भएको म्युजिकल चेयर तर्फकाे बिजेता हुँदै श्रेशा जाेशिले नगद तीन हजार एक सय पुरस्कार स्वरुप प्राप्त गर्नु भएको थियोे  ।

यस्तै सोही अवसरमा यस वर्ष देखि भाग्यशाली चिठ्ठा कार्यक्रम समेत आयोजना गरेको थियो । चिठ्ठा कार्यक्रममा सम्राट गौतमले भित्ते घडी, सुनिल जोशीले साइकल, योगेश भण्डारीले भित्ते घडी, भीम बीसीले मोबाइल, पुर्णमान सुनारले स्मार्ट वाच, नेत्र प्रसाद जोशीले राइस कुकर ,स्वयता चौधरीले भित्ते घडी, जेनिस सुनारले स्मार्ट वाच र श्याम भट्टले भित्ते घडी जित्न सफल भएका छ्न ।

क्लबका बरिष्ट उपाध्यक्ष धिरज शाहीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन क्लबका महासचिव कृष्णप्रसाद ओझाले गर्नु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष जीवन बि बसिकाे अध्यक्षतामा भएको हाे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार