यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर

४, भाद्र २०७९ काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १३ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९४ पैसा र बिक्री दर १५१ रुपैयाँ ६५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार