
नयाँ आधार नेपाल मनायो आफ्नो पहिलो जन्मोत्सव
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नयाँ आधार नेपाल आफ्नो पहिलो जन्मोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम मनाएको छ । बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित आफ्नो केन्द्रिय कार्यालयमा नै उक्त पहिलो जन्मोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहेका थिए भने विशिष्ट अतिथी वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफुले आउदो आर्थिक वर्ष सम्म भवन…