
सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको अध्यक्षमा राम बिक्रम सिजापती
बर्दगोरिया । नेपाल सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन बिहीवार बौनियामा सम्पन्न भएको छ । अधिवेशन बाट ३ बर्षका लागि राम बिक्रम सिजापतिको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरिया अध्यक्ष राजेश गौतमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यसै गरि कार्यक्रममा बिशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) र सुनचाँदी ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापति सन्तोष लामिछाने रहेका थिए । सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरियाका वरिष्ठ उपाध्यक्ष राम बिक्रम सिजापतीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया…