आयआर्जन गर्न महिलालाई समुहमा बिउपूँजी प्रदान

चौमाला । कैलालीको गौरीगंगा नगरपालिकामा दलित समुदायका महिलाहरुलाई आयआर्जनको लागि विउपुँजी वितरण गरिएको छ ।

दलित महिला संघ (फेडो) कैलालीले नगरपालिकाको विभिन्न वडामा गठन गरिएका समुहमा आबद्ध १० जना महिलाहरुलाई २१ हजार रुपैयाँको दरले समुहमा सामुहिक कर्जा प्रदान गरिएको हो ।

कर्जा प्रदान गर्दै गौरीगंगा नगरपालिका प्रमुख देविदत्त कडेलले फेडोले दलित महिलाहरुमा जागरण तथा सशक्तिकरण गर्न उल्लेखनिय योगदान गरेको बताउदै सामान्य पेशा अवलम्बन गरिरहेका महिलालाई सहुलियत घुम्ती कोषको माध्यमबाट स्वावलम्बी र मितव्ययी हुन प्रेरित गरेको भन्दै प्रशंसा गरेका थिए ।

दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा भएको कार्यक्रममा संघको सुदुरपश्चिम प्रदेश अध्यक्ष अम्बिका ताम्राकाको अध्यक्षतामा भएको थियो ।

सामुहिक घुम्ती कोषको रकम बुझ्दै गौरीगंगा ७ कि दिपिका विकले भनिन ” सामान्य रुपमै आफ्नै सिपमा गरिरहेको व्यवसायलाई थोरै रकमको अभावमा गर्न नसकिरहेको अवस्थामा सहुलियत कर्जाले उत्साह बढ्ने भयो । “

सो अवसरमा गौरीगंगा र गोदावरी नगरपालिकाका आगुवा दलित महिला अभियान्ताको परिचयात्मक बैठक गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार