
काठमाडौँ । सुदुरपश्चिम लगाए देशभरका केही स्थानको मौसम आंशिक देखी सामान्य बदली रहेको छ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव कायमै रहेको हुँदा सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यस्तै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।